कालिकोटमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको बा १ च ४६४१ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उनकी पत्नी मनकुमारी शाहीको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडी सात सय मिटर तल खोलामा खसेका कारणले अन्य जानकारी आउन सकेको छैन ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खस्न गएको हो । दुर्घनामा घाइते भएकालाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ । हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भए पनि आर्थिक अभावका कारण समस्या भएको परिवारले बताएका छन् । इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर