युवा स्टार जुड बेलिङघम १०३ मिलियन युरोमा अनुबन्ध

काठमाडौं । इंग्ल्यान्डका युवा स्टार जुड बेलिङघम अनुबन्धका लागि स्पेनिस क्लब रियल मड्रिड सहमत भएको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डरलाई १०३ मिलियन युरोमा अनुबन्ध गर्नका लागि रियल सहमत भएको बीबीसीले जनाएको छ ।

रियलले बेलिङघम अनुबन्धका लागि जर्मन टोलीसँग वार्ता गरिरहेको थियो ।

बेलिङघमको केहि दिनमा मेडिकल हुने बताईएको छ ।

१९ वर्षीय बेलिङघम २०२० मा बिर्मिनघमबाट डर्टमण्ड आएका थिए ।

गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।

बेलिङघमले यस सिजन ४२ खेलमा १४ गोल र ७ असिस्ट गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर