लियोनल मेस्सी अमेरिकी क्लब मियामी जाने

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब मियामी जाने हुने भएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० छाडेका फरवार्ड मेस्सीले मियामीसँग मौखिक सहमति गरेको बताईएको छ ।

मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् ।

अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका थिए ।

विश्वकप विजेता मेस्सीले हालै बार्सिलोना र साउदी अरेबियाको अल हिलालको प्रस्ताव अस्विकार गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर