आज – २५ जेठ २०८० बिहिवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समयमा होस नपुग्नाले काम रोकिन सक्छ , तर लगनशीलताले कामहरू अगाडि बढ्नेछ । साँझमा आर्थिक लाभ पनि मिल्नसक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुराना मित्रहरूसँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनावश्यक यात्रा हुनेछ । प्रेमी बिच खिन्नता बढ्न सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला, तर साँझमा कुनै कुराले मन खुसी हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

हाम्रो पात्रोबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर