विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुईकाे मृत्यु पाँच घाइते

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुईकाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षीय युवाले गोली प्रहार गरेका हुन् । कार्यक्रम चलिरहेको बेला उनी गोली प्रहार गर्दै समारोह स्थलतर्फ अघि बढेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा एक जना १८ वर्षीय युवा र अर्का ३६ वर्षीय पुरुष रहेका छन् । गोली प्रहार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । मृतक, घाइते र आक्रमणकारीको परिचय खुलाइएको छैन ।

घटनामा अन्य थुप्रैलाई गोली लागे पनि सख्त घाइते पाँच जना रहेको स्थानीय प्रहरीले जनाएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर