विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं ।  आइसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसि) २०२३ को फाइनलमा आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार अपरान्ह सवा ३ मा इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ । विश्व क्रिकेटका दुई पावर हाउस उपाधी जित्ने सोचका साथ मैदान उत्रर्नेछन्।

भारत रोहित शर्मा तथा अष्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रदै छ ।

भारत पहिलो संस्करणको फाइनलमा २०२१ मा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । अष्ट्रेलिया पहिलो पटक टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ । अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

अष्ट्रेलियाको टोली

प्याट कमिन्स (कप्तान), स्कट बोलान्ड, एलेक्स केरी (विकेटकिपर), क्यामरन ग्रीन, मार्कस हरिस, ट्रभिस हेड, जोश इंग्लिस, उस्मान ख्वाजा, मार्नस लाबुसेन, नाथन लायन, टोड मर्फी, माइकल नेसेर, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क र डेविड वार्नर

भारतको टोली

रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, ईशान किशन (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव र जयदेव उनादकट

एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर