एलिस्टर लिभरपुलमा अनुबन्धित हुँदै

काठमाडौं । काठमाडौं । लिभरपुलले मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई अनुबन्ध गर्ने भएको छ ।

लिभरपुलले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट मिडफिल्डर एलिस्टरलाई अनुबन्ध गर्ने पक्का भएको बीबीसीले जनाएको छ ।

लिभरपुलले एलिस्टरलाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।

एलिस्टरको लिभरपुलमा मेडिकल समेत भईसकेको बताइएको छ ।

२४ वर्षीय मिडफिल्डरले हालै सकिएको सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अर्जेन्टिनाका मिडफिल्डर २०१९ मा ब्राइटन आएका थिए । उनले ब्राइटनका लागि ११२ खेलमा २० गोल गरिसकेका छन् ।

यस सिजन उनले ४० खेलमा १२ गोल गरेका थिए ।

अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जित्दा उनी टोलीका मुख्य खेलाडी थिए ।

अर्जेन्टिनाका लागि उनले १६ खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर