ब्राजिललाई हराउँदै इंग्ल्यान्ड फाइनालिसिमाको च्याम्पियन बन्यो

काठमाडौं । ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक आयोजना भएको महिला फाइनालिसिमाको च्याम्पियन बनेको छ।

इंग्ल्यान्डले प्रतिष्पर्धात्मक खेलमा टाइब्रेकरमा ब्राजिललाई ४-२ ले पराजित गर्दै पहिलो उपाधि जितेको हो। दक्षिण अमेरिकी च्याम्पियन र युरो च्याम्पियनबीच फाइनालिसिमाको आयोजना गरिएको थियो। च्याम्पियन बनेको इंग्ल्यान्डले आफ्नो अपराजित यात्रा ३० खेल सम्म कायम राख्न सफल भयो।

निर्धारित समयमा १-१ गोलको बराबरीपछि भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो। जसमा इंग्ल्यान्डले बाजी मारेको हो। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर