समाजिक कथावस्तुमा निर्माण हुने ‘कार्साङ’को मुख्य भूमिकामा दयाहाङ

काठमाडौं । अभिनेता दयाहाङ राई फिल्म ‘कार्साङ’ मा अनुबन्धित भएका छन्। याम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा राई मुख्य भूमिकामा देखिनेछन्। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ। फिल्मको ९० प्रतिशत छायाङ्कन सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका-६ र बाँकी भोटेकोसी क्षेत्रमा हुनेछ।

समाजिक कथावस्तुमा निर्माण हुने फिल्मको अन्य कलाकारहरुको भने टुंगो लागेको छैन। अडिसनमार्फत कलाकार छनोट गरिने निर्देशक शेर्पाले जानकारी दिए। निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। उनले यसअघि सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर