श्रीलंकालाई अफगानिस्तानविरुद्धको सिरिज

काठमाडौं । घरेलु टोली श्रीलंकाले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

हम्मनटोटामा बुधबार भएको खेलमा घरेलु टोलीले ९ विकेटको जित दर्ता गराएको हो । यस जितसँगै अफगानिस्तानविरुद्धको तीन खेलको ओडिआई सिरिज समेत श्रीलंकाले २(१ ले जितेको छ ।

अफगानिस्तानले दिएको १ सय १७ रनको लक्ष्य श्रीलंकाले १५ ओभरको अन्तिम बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि ओपनर पथुम निशंकाले ३४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर दिमुथ करुणारत्नेले ४५ बलमा ७ चौकाको सहयोगमा अविजित ५६ रन बनाए ।

कुशल मेन्डिस ११ रनमा अविजित रहे । अफगानिस्तानका लागि गुलबदिन नैबले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान २२ दशमलब २ ओभरमा १ सय १६ रनमा अलआउट भयो।

अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक २३ रन बनाउँदा ईब्राहिम जाड्रान २२ रनमा आउट भए । गुलबदि नैबले २० तथा नजिबुल्लाह जाड्रानले १० रन बनाए ।

श्रीलंकाका लागि दुश्मान्था चमिराले ९ ओभरमा ६३ रन खर्चिएर ४ विकेट लिए । वानिन्दु हसरंगाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर