वेस्ट इन्डिजलाई युएईविरुद्धको सिरिज

काठमाडौं । पाहुना टोली वेस्ट इन्डिजले घरेलु टोली युएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) सिरिज एक खेल अगावै जितेको छ ।

शारजाँह क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो ओडिआई खेल पाहुना टोलीले ७८ रन जितेको थियो । जितसँगै पाहुना टोलीले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ ।

पाहुना टोलीले दिएको ३ सय ७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २८ रन बनायो ।

घरेलु टोलीका लागि अलि नासिरले ५३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । वासिल हमिदले ८४ बलमा ४९ तथा वृत्य अरबिन्दले ५२ बलमा ३६ रन बनाए ।

आयान खानले अविजित २५ तथा आर्याशं शर्माले २० रन बनाए ।

पाहुना टोलीका लागि कभिम होड्गा र रोस्टन चेजले समान २-२ तथा अकिम जोर्डन, ओडेन स्मिथ र यानिक करियाहले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली ४९ दशमलब ५ ओभरमा अलआउट हुदै ३ सय ६ रन बनायो।

पाहुना टोलीका लागि ओपनरद्वय ब्रान्डन किंग र जोनसन चाल्र्सले अर्धशतकीय ईनिङ खेले । किंगले ७० बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६४ रन बनाए ।

चाल्र्सले ४७ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६३ रन बनाए ।

ओडेन स्मिथ २४ बलमा ३७ तथा कियगी कार्थी ३९ बलमा ३२ रन बनाउँदै आउट भए । कभिम होड्गाले २८ बलमा २६ तथा कप्तान शाई होपले २५ बलमा २३ रन बनाए ।

घरेलु टोलीका लागि जाहोर खानले ३ तथा अलि नासिर, संचित शर्मा र आयान खानले समान २-२ विकेट लिए ।

दुई टोलीबीचको तेस्रो ओडिआई खेल शुक्रबार रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर