ट्विटरको नयाँ सीईओ लिन्डा याकारिनो

काठमाडौं । लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन्।

लिन्डा आफैँले ट्विट गर्दै यसको जानकारी दिएकी हुन्। ‘यो भयो – पहिलो दिन १ सम्पर्कमा रहनुहोस्’ उनले लेखेकी छन्।

ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए।

लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छन्।

उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २।० सिर्जना गर्न तथा मस्क र लाखौँ प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन्।’ एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर