बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भए

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित भएका हुन् ।

अल इतिहाद साउदी प्रो लिगको च्याम्पियन टोली हो ।

३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् ।

बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डीुओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

बेन्जिमाले रियलका लागि मुख्य २५ उपाधि जितेका छन् । बेन्जिमाले रियलका ६ सय ४८ खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर