शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन् । आज दुवै खेल अपराह्न २ बजेदेखि हुने एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने छ भने च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुने छ ।

अहिलेसम्म मनाङ मर्स्याङ्दीको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा छ भने फ्रेन्ड्स क्लबको ५ खेलमा ४ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।

त्यस्तै खुमलटार युथ क्लबको ६ खेलमा ६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ भने जावलाखेल युथ क्लब ६ खेलमा १३ अंकसहित लिगमा शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर