जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु

काठमाडौं । जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीका कारण ९ सय बढी घर ध्वस्त भएका छन् ।

जापानको प्रशान्त महासागरको तटीय क्षेत्र बाढीका कारण अस्तब्यस्त बनेको छ । मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा भारी वर्षा र बाढीले बढी क्षती पुर्याएको छ । त्यहाँका अधिकांश घरहरु डुबानमा परेका छन् ।

बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीले बिजुलीका पोलहरुमा क्षति पुगेकाले जापानको आइची प्रान्तमा बिजुली आपुर्ती समेत बन्द भएको छ ।

सो क्षेत्रका विद्यालयहरू डुबानमा परेकाले पठनपाठन समेत अवरुद्ध बनेको छ । बाढी प्रभावित क्षेत्रमा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर