कोशी प्रदेशमा माओवादीले सरकार गठन गर्ने प्रयास

 काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा एमालेको नेतृत्वमा रहेको सरकारलाई दिएको सर्मथन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने जनाएको छ ।

केन्द्रीय सत्ता गठबन्धन विपरीत एमाले, राप्रपा, एकीकृत समाजवादी र माओवादीले उक्त प्रदेशमा सरकार चलाइरहेका छन्। एमालेका हिक्मत कार्की मुख्यमन्त्री रहेका छन्। कार्कीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेपछि माओवादीको सक्रियता बढेको हो ।

सांसद गणेश उप्रेती, अहिलेका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाइँलगायतले ‘नयाँ सरकार बनाउन पहल गर्ने’ निर्णय भएको बताएका छन्। माओवादीले मंगलबार पार्टी प्रदेशका पदाधिकारीसँग छलफल गरेर थप निर्णय लिने बताएको छ। ‘नयाँ सरकार बनाउन दलका नेताको संयोजकत्वमा पहल गर्ने निर्णय भयो,’ सांसद गणेश उप्रेतीले भने, ‘बाँकी कुरा भोलि बिहान प्रदेश कमिटीका नेताहरूसँग बसेर टुंग्याउने निर्णय भएको छ।’

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर