संसदको रेकर्डबाट “भैंसी चढेर आएको” शब्द चट

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सत्तापक्ष, विपक्ष जसले बोलेका हुन् “भैंसी चढेर आएको” शब्द चट भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भारत यात्राका विषयमा सदनमा भैंसी चढेर आएको भन्ने वाक्यांश निकै चर्चित रह्यो । चर्चा पनि यहाँसम्म कि सभामुख देवराज घिमिरेले जसले बोलेको भए पनि भैसी चढेर आएको भन्ने वाक्यांश संसदीय रेकर्डबाट हटाउन निर्देश दिनुप¥यो ।
प्रधानमन्त्री प्रचण्डले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढाएको देखिएको बताएका थिए।

प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएका थिए। खनालले त्यति भनिसक्दा नेकपा माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए।

त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले हो-हल्ला गरेका थिए। विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । एमाले र रास्वपाका सांसदहरूले प्रधानमन्त्रीले भनेको शब्द पनि हटाउनु पर्ने माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर