पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ ।

राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको हो ।

संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको जनाएको छ ।
दुई देशमा खाद्य असुरक्षा बढिरहेको र आउँदो दिनमा यो अझ चर्किने सम्भावना रहेको चेतावनी दिइएको छ ।

खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्यूएफपीले संयुक्त रूपमा प्रकाशित गरेका पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानमा खाद्यान्नको सञ्चिति घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको राजनीतिक प्रणाली, तालिबान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एंव जलवायु परिवर्तन लगायतका कारण खाद्य संकट बढ्ने भनिएको छ ।

प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इथियोपिया,केन्या,प्रजातान्त्रिक गणतन्त्र कंगो तथा सिरिया र म्यानमारलाई पनि खाद्य अभावको उच्च जोखिम रहेका देशका रुपमा चित्रण गरिएको छ । सांकेतिक तस्वीर ( एजेन्सी )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर