स्पिनर ज्याक लिचले अष्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाउने

काठमाडौं । इंग्ल्यान्डका स्पिनर ज्याक लिचले अष्ट्रेलियाविरुद्धको एसेज सिरिज गुमाउने भएका छन् ।

स्पिनर ज्याकले ढाडको चोटका कारण एसेज सिरिज गुमाउने भएका हुन् ।

३१ वर्षीय स्पिनरले शनिबार आयरल्याण्डविरुद्धको टेस्ट दौरान चोट बोकेका थिए ।

इंग्ल्यान्डको कप्तानी बेन स्टोक्सले सम्हालेपछि उनले इंग्ल्यान्डका लागि १३ टेस्ट खेलेका छन् । जसमा ४५ विकेट लिएका छन् ।

उनको स्थानमा खल्ने खेलाडीको टुंगो लागेको छैन ।

एसेज सिरिज आगामी जुन १६ बाट सुरु हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर