हेइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु

काठमाडौं । हेइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करीब एक दर्जन वेपत्ता भएका छन् ।

सयौं घरहरुमा बाढी पसेका कारण साढे १३ हजार बढी मानिसलाई अन्यत्र सारिएको त्यहाँको नागरिक सुरक्षा कम्पनीले जनाएको छ ।

सबै सडकहरु जलमग्न भएका छन् भने खानेपानी आपूर्ति समेत रोकिएको छ ।

भारी वर्षाले खेतीबाली नष्ट भएकाले आगामी वर्ष भोकमरी लाग्ने संभावना औंल्याइएको छ ।

त्यहाँका मौसमविद्हरुले पानी पर्ने क्रम आजसम्म मात्रै जारी रहेको बताएका छन् । ( एजेन्सी )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर