बिदाइ खेलमा बेन्जिमाले गोल गरेपछि रियल हारबाट जोगियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ ।

आइतबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियलले बिल्बाओसँग १-१ गोलको बराबरी खेलेको हो ।

बिदाइ खेल खेलेका स्ट्राइकर करिम बेन्जिमाले गोल गरेपछि रियल हारबाट जोगिएको हो ।

बेन्जिमाले १४ वर्षपछि रियल छाड्ने घोषणा गरिसकेका छन् ।

उनले खेलको ७२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

त्यसअघि खेलको ४९ औं मिनेटमा ओइहान सानसेटले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

यस बराबरीसँगै रियलले ३८ खेलमा ७८ अंक जोडेको छ ।

रियलले दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

बिल्बाओ ५१ अंक जोडेर आठौं स्थानमा रह्यो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर