एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरे

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

इब्राहिमोविचले ४१ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन् ।

इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम लिग खेल भेरोनाविरुद्धको खेलपछि इब्राहिमोविचले सन्यास घोषणा गरेका हुन् ।

म फुटबललाई अलविदा भन्छु तर तपाईलाई होइन, इब्राहिमोविचले भने ।

इब्राहिमोविचले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरिसकेका थिए ।

इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी मिलन र इन्टर मिलान जस्ता क्लबहरूका लागि ५११ गोल गरेक थिए । उनले चार देशहरूमा लिग उपाधि जितेका थिए।

इब्राहिमोविचले २०१९ मा एसी मिलान फर्किएका थिए । तर, चोटका कारण उनले यस सिजन मात्र ४ खेल खेलेका थिए।

मिलानसँग इब्राहिमोविचको सम्झौता यसै महिना सकिदैछ ।

मिलानमा मेरो लागि धेरै भावनाहरू छन् । फोर्जा मिलान र अलविदा, इब्राहिमोविचले भने, पहिलो पल्ट म यहाँ आउँदा मलाई खुशी दियौ, दोस्रो पटक माया दियौ। तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो । म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।

इब्राहिमोविचले आफ्नो करियरमा १४ लिग उपाधिसहित कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक बालोन डी ओरका लागि मनोनित भएका थिए ।

इब्राहिमोविच स्विडेनका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले स्विडेनका लागि १२२ खेलमा ६२ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर