“नेपालको समग्र हितको रक्षापछि संसद् अवरोध हट्छ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्ने बताएका छन्। संघीय संसद् भवनबाट बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीहरूको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘तपाइँले भनेको ठीक हो, राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि संसद् अवरोध हट्छ ।’

नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीको रिहाइलगायतका विषयमा विरोध जनाउँदै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक अवरुद्ध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर