राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको राष्ट्रियसभाको बैठक सोमबार मात्रै बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक सोमबार अपराह्न १ बजे बस्ने बताए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरेको भन्दै आइतबार राष्ट्रियसभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेका थिए ।

बैठक सुरु हुनासाथ एमाले सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको तर्क गरे । श्रेष्ठले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भू–भाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर