नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेकको आदेश दश दिनपछि मात्र आउने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसको आदेश १० दिनपछि मात्र दिने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै जेठ ३१ गते मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।

सरकारी वकिल, जाहेरीकर्ताका कानुनव्यवसायी, आरोपितहरुका कानुनव्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

‘त्यो दिन चिया समयअघि तपाइँहरुले बहस सकिदिनुहोस्’ दुवै पक्षलाई न्यायाधीश न्यौपानेले भने, ‘चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला । त्यही दिन बेलुकासम्म आदेश दिनेछु ।’ काठमाडौं जिल्ला अदालतमा आरोपीहरूलाई आइतबार बिहान उपस्थित गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर