रंगशालाको स्ट्यान्डबाट खसेर एक समर्थक मृत्यु, खेल स्थगित

काठमाडौं । अर्जेन्टिनाको शीर्ष डिभिजनको लिग अन्तर्गत रिभर प्लेट र डिफेन्सा एण्ड जस्टिसियाबीचको खेल स्थगित गरिएको छ ।

ब्युनस आयर्सको मोन्युमेन्टल स्टेडियममा जारी खेलको दौरान रंगशालाको स्ट्यान्डबाट खसेर एक समर्थकको मृत्यु भएपछि खेल स्थगित गरिएको हो ।

पहिलो हाफको खेल चलिरहदा उक्त घटना भएको बीबीसीले जनाएको छ ।

उक्त घटनाको जानकारी पाएलगत्तै रेफ्री फर्नान्डो रापल्लीनीले खेल रोकेका थिए ।

घटनामा मृत्यु हुने समर्थक पाब्लो मार्सेलो रहेको बताईएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।

घटनापछि अर्जेन्टिना फुटबल संघ, रिभर प्लेट र डिफेन्साले विज्ञप्ति निकाल्दै दुख व्यक्त गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर