मेस्सी र सर्जियोले पीएसजीका लागि अन्तिम खेल खेले,(पीएसजी) पराजित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

शनिबार राति भएको सिजनको अन्तिम खेलमा पीएसजीलाई क्लर्मन्ट फूटले ३-२ गोल अन्तरले हराएको हो ।

क्लर्मन्टको जितमा जोन गस्टिन, मेहदी जिफाने र ग्रेजोन केईले एक एक गोल गरे ।

पीएसजीका लागि सर्जियो रामोस र केलियन एमबाप्पेले एक एक गोल गरे ।

यसै खेलबाट लियोनल मेस्सी र सर्जियो रामोसले पीएसजीका लागि अन्तिम खेल खेलेका छन् । दुबै खेलाडीले पीएसजी छाड्ने घोषणा गरिसकेका छन् ।

यस जितले क्लर्मन्टले ३८ खेलमा ५९ अंक जोडेर आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

पीएसजीले ८५ अंक जोडेर शीर्ष स्थान कब्जा गर्यो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर