मध्य तराई क्षेत्रका १६ भन्दा बढी जिल्लामा लूको प्रभाव

काठमाडौं । विश्वव्यापी मौसममा आएको परिवर्तनसँगै नेपालमा पनि उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा जनजीवन निकै प्रभावित हुन पुगेको छ।

 

 

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराईको सप्तरीदेखि भैरहवासम्मको भू–भागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद्हरूले ती क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको जनाएका छन् । मध्य तराई क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।

तराईमा पाँच दिनसम्म तातो हावा चल्ने भएकाले सोबाट बच्ने उपाय अपनाउन मौसम विज्ञान विभागले सल्लाह दिएका छन् । लू लाग्दा शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि लक्षण देखा पर्दछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर