“मोदीले कम्युनिस्ट नेताहरूलाई नाङ्गै बनाएको देख्दा नरमाइलो लाग्यो”

काठमाडौं ।  सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई महाकांलेश्वर मन्दिरमा लगेर नाङ्गै बनाएको देख्दा यस्तो नरमाइलो लाग्यो भन्ने टिप्पणी गरेका छन् ।

न्यौपानेले शनिबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेपाली कम्युनिस्ट नेताहरू स्खलनको यो यात्राले निकै नमिठो अनुभूति दिलाएको पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन, ‘स्खलनको यो मात्राले निकै नमिठो अनुभूति गेरु वस्त्र लगाएर योजनाबद्ध पूजापाठ गर्नु, वर माग्नु, दान चढाउनु र पूजारीको पाउ समातेर पुण्य प्राप्त गरेको ठान्नु सामान्य धार्मिक कूटनीतिक विषय होइन, भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ हो । मोदीले कम्युनिस्ट नेताहरूलाई नाङ्गै बनाएको देख्दा यस्तो नरमाइलो लाग्यो कि शायदै जिन्दगीमा यस्तो अनुभूति  ! भएको थियो  !’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादीक केन्द्रकै नेतासमेत रहेका मन्त्री शक्तिबहादुर बस्नेत र नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका अर्का मन्त्री प्रकाश ज्वालालाई शुक्रबार भारतको महाकाल मन्दिरको दर्शन गर्ने क्रममा गेरु वस्त्र लगाएर पूजा गर्न लगाइएको थियो । अहिले सोही तस्बिर भाइरल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर