सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले हरायाे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ ।

च्यासल मैदानमा शनिबार भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

सातदोबाटोको जितमा शिव सुवेदी र दिपेन्क राज सिंह ठकुरीले एक एक गोल गरे ।

आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २९ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

नवयुगले प्रहार गरेको पेनाल्टी सातदोबाटोका गोलकिपर अविशेक बरालले रोकेका थिए । तर, रिबाउन्डमा नवयुगले गोल गरेका थिए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेन्कले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।

सातदोबाटोको यो नवौं जित हो ।

जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ ।

आर्मीले २४ खेलमा ३० अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर