नेपालमा ८१.१९ प्रतिशत हिन्दुधर्मका अनुयायी रहेको तथ्यांक

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्मसम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । उक्त तथ्यांकमा ८१ प्रतिशतभन्दा बढी नेपालीहरु हिन्दु धर्म मान्ने गरेको देखाइएको छ । हिन्दु धर्म मान्नेको जनसंख्या २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत) रहेका छन् । २०६८ को जनगणनाअनुसार नेपालमा ८०.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए ।

राष्ट्रिय जनगणना २०७८ को जाति र धर्मसम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको हो जसमा नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको जनगणनाको तथ्यांकमा समावेश छ । त्यस्तै, त्यस्तै, २०६८ सालको भन्दा १७ जातजाति थपिएका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर