गगन थापाको उद्घोष : सभापति देउवाविरुद्ध लाग्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

 

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
प्रेस युनियन नेपालले शुक्रबारर काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने उनले बताए ।

महामन्त्री थापाले भने, ‘केही दिन बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरु ग–यो । एउटा निर्णय आममाफीको विषयमा। एउटा निर्णय नागरिकताको विषयमा। एउटा निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा। एउटा निर्णय सरकारले ग–यो र भर्खरै सांसद विकास कोषको सन्दर्भमा। यस्ता कैयौं विषयहरु छन्। ‘यी सबै विषयहरुका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरु हो। यो निर्णय मैले तपाइँले भन्दा पछाडि थाहा पाएको हुँ। किनकि पहिला तपाइँले थाहा पाउनुभयो। तपाइँले बाहिर सम्प्रेषित गर्नुभयो। र, मैले त्यसलाई सुनेँ।”

थापाले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर