प्रधानमन्त्री प्रचण्डले महाकांलेश्वरमा चढाए १०८ किलो रुद्राक्ष

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्य प्रदेशको उज्जैनस्थित महाकांलेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले सो मन्दिरमा १०८ किलो रूद्राक्षसमेत चढाएका छन् । महाकांलेश्वर मन्दिर हिन्दु धर्मावलम्बीहरूको बाह्र ज्योतिर्लिंग मध्ये एक हो।

भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । मुख्यमन्त्री चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नेछन् । प्रचण्ड शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर