गर्मीका कारण जनकपुरमा ८ दिन स्कुल बन्द

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले गर्मी बढेपछि नगरका विद्यालयहरूमा आठ दिन बिदा दिएको छ । तराई मधेशमा विगत तीन दिनदेखि गर्मी बढेपछि उपमहानगरपालिकाले नगर मातहतका सामुदायिक तथा संस्थागत विद्यालयमा आठ दिनका लागि बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाको बिहीबार बसेको बैठकले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई दृष्टिगत गरी जेठ १९ गतेदेखि २६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा आकस्मिक गर्मी बिदा दिने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर