सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा तीन कर्मचार बेपत्ता

सिन्धुली । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको गोलन्जोर गाउँपालिका -७ को लौकुनबाट सुनकोसीमा खस्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) का तीन कर्मचार बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् । बेपत्ता भएकाको स्थानीय र प्रहरीले खोजी गरिरहेको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर