युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन

काठमाडौं । रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठा विरोध प्रदर्शन भएको छ।

जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन्। उनी सो क्रममा चर्चको मुख्य वेदीमा लुगा बिना नै उभिएका थिए। ‘उक्त व्यक्तिको पछाडि युक्रेनका बालबालिकालाई बचाउन माग गर्दै नारा लेखिएको थियो’ त्यहाँस्थित तैनाथ सुरक्षाकर्मीले रोयर्टसलाई भने।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो घटना बिहीबार दिउँसो चर्च बन्द हुनु अघि भएको हो। त्यहाँस्थित एक स्रोताले भने कि प्रदर्शनकारीले आफ्नो शरीरलाई नङले कुँजाएका थिए।

सो प्रदर्शन गर्ने व्यक्तिलाई भ्याटिकनका गार्डले प्रहरीलाई जिम्मा लगाएका थिए। यद्यपि उक्त व्यक्तिको परिचय भने खुलाइएको छैन। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर