अमेरिकी राष्ट्रपति बाइडेन लड्खराउँदै लडेपछिको अवस्था…..

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोको अमेरिकी वायुसेना एकेडेमीमा स्नातक समारोहको क्रममा लड्खराउँदै ढलेका छन् ।

अमेरिकी वायुसेनाका सैनिकहरूलाइृ प्रमाणपत्र वितरण गरिसकेपछि बाइडेन अगाडि बढ्ने बित्तिकै उनको खुट्टा बालुवाको झोलामा अड्कियो र उनी ढले । तर, उनी ढल्न बित्तिक्कैवायुसेनाका अधिकारी र उनको अमेरिकी गोप्य सेवाका दुई सदस्यहरूले उठाए, बाइडेन तुरुन्तै उठेर आफ्नो सिटमा फर्केका तर, बाइडेन ढलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। तर, स्नातकहरूलाई डिग्री हस्तान्तरण गरेपछि स्टेजमा ठोक्किएपछि उनको उपस्थितिमा बाधा आयो।

यसबीच ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै भने, “राष्ट्रपति जो बिडेन लडेपछि अवस्था ठीक छ। एकेडेमीका स्नातकहरूलाई सम्बोधन गर्ने पोडियमबाट फर्किंदै गर्दा उहाँ ठक्कर खानुभयो। उनले सयौं क्याडेटहरुलाई बधाई तथा प्रमाणपत्र वितरण गरे ।”
ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विट गरे कि बाइडेन पूर्णतयाः ठीक छ। हात मिलाउँदै गर्दा उनी बालुवाको झोलासँग ठोक्किएर मञ्चमा खसे । जानकारीका अनुसार, बालुवाले भरिएको झोलाहरू बाइडेन उभिएको प्लेटफर्म नजिकै राखिएको थियो । राष्ट्रपति बिना कुनै सहयोग आफ्नो सिटमा फर्किए र समारोहमा उत्साहित देखिन्थे।

बाइडेन ८० वर्षका भइसकेका छन् । यसअघि पनि बाइडेन ठक्कर खाएको र लडेको समाचार सार्वजनिक भइसकेको छ । यस वर्ष फेब्रुअरीमा, बाइडेन विमानको सिँढी चढ्ने क्रममा ठक्कर खाए र लडे। पोल्याण्डको राजधानी वार्सामा एअर फोर्स वनमा चढ्नका लागि सिँढी चढ्ने क्रममा बाइडेन ठोक्किएर खसेको बताइएको छ । तर, केही सेकेन्डमै उनले आफूलाई सम्हालेका गरेका थिए । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर