असारको पहिलो सातातिर मात्र मनसुन आउने सम्भावना

काठमाडौं । यस वर्षको मनसुन गत वर्षको भन्दा केही ढिलागरी नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौंको अधिकतम तापक्रम २९ डिग्री सेन्टिग्रेट रहेको छ । केही दिन अझै काठमाडौं उपत्यकालगायत मुलुकभरको तापक्रम पनि बढ्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । महाशाखाका मौसमविद् गोविन्द झाले भने, “नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएको छ । त्यसकारण तत्काल पानी पर्ने सम्भावना छैन । यस वर्षको मनसुन पनि ढिलागरी प्रवेश गर्ने भएकाले गर्मी बढ्ने देखिन्छ ।”

सामान्यतयाः जुन १३ लाई नेपालमा मनसुन प्रवेश गर्ने दिन मानिँदै आएको छ । तर यसपटक भारतमै मनसुन पूर्णररूपमा विकसित नभइसकेकाले जुन १३ (जेठ ३०) मा मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना नरहेको उनको भनाइ छ । नेपालमा मनसुनको प्रवेश असार पहिलो साता मात्र हुने सम्भावना छ । यस वर्ष मनसुन समयमा कम मात्रामा वर्षा हुने भएकाले तापक्रम पनि बढी हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर