कांग्रेस पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताएका छन्।

नेपाल छापाखाना तथा सञ्चारसम्बद्ध श्रमिक संघले बिहीबार काठमाडौंमा आयोजित ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटलाई भत्काउनुपर्ने बताएका हुन्। उनले कांग्रेसलाई सुधार्नका लागि सबै गुट भत्काउनु आवश्यक रहेको बताउँदै भने, “कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच दुई गुट मात्रै बनाउनुपर्ने र विगतमा भएका जो कोही दाइहरुको साथ अब छोड्नुपर्नेछ ।”

उनले भने, ‘‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीन वटा कुराबाट आजित छ। पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ। पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ। कुशासन, बेथिति, भ्रष्टाचार छ। नेपाली कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु। राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ। नयाँ मान्छे आउँछन्। नआउने कुरै छैन। कांग्रेस कमजोर हुने कुरै छैन। यो पार्टीको पुनःनिर्माण सम्भव छ। हामी बनाउने हो। तर कसरी सम्भव छ भने यो कोठाभित्र मान्छेलाई पस्न मन लाग्ने हामीले बनाउनुपर्नेछ। अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर