इपिजीको रिपोर्टबारे कुनै चर्चा भएन : भारतीय विदेश सचिव

काठमाडौं । नेपाल र भारत प्रधानमन्त्रीबीच इपिजीको प्रतिवेदनका सम्बन्धमा कुनै चर्चा नभएको भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बताएका छन् ।

भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा पत्रकारहरूले विदेश सचिव क्वात्रासँग इपिजीकोका सम्बन्धमा जिज्ञासा राखेका थिए । पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले भने, “दुई देशका प्रधानमन्त्रीबीच नयाँदिल्लीमा वान टु वान कुराकानी भयो । त्यसपछि दुई देशका सरकारी प्रतिनिधिमण्डल स्तरीय वार्तामा पनि इपिजीबारे चर्चा भएन ।” यस्तै, संयुक्त पत्रकार सम्मेलनमा दुबै देशका प्रधानमन्त्री प्रचण्ड र मोदीले इपिजीबारे बोलेका थिएनन् ।

कूटनीतिक सूत्रका अनुसार भारत इपिजीको प्रतिवेदन असान्दर्भिक भइसकेको मान्यता राख्दछ । तर नेपालमा भने नेकपा एमालेलगायत अन्य वामपन्थी दलहरूले त्यस प्रतिवेदनलाई उच्च महत्व दिएको छ ।

नेपाल–भारतबीच भएको १९५० को सन्धिलगायत अन्य सम्बन्धका बारेमा पुरावलोकन गर्न दुई देशले प्रबुद्ध समूह (इमिनेन्ट पर्सन ग्रुप अफ इन्डिया नेपाल रिलेसन्स, इपिजी) गठन गरेका थिए । सो समूहले तयार पारेको प्रतिवेदन दुई देशका प्रधानमन्त्रीले एकसाथ ग्रहण गर्ने समझदारी बनेको थियो । प्रतिवेदन ग्रहण गर्न भारतले आनकानी गरिरहेको चर्चा बाहिरए पनि भारतले त्यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर