नेपालले भारतीय जलमार्गमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने, पारवहन सन्धि नवीकृत

काठमाडौं । नेपाल–भारतबीच विद्यमान पारवहन सन्धि संशोधनसहित नवीकृत भएको छ । नयाँदिल्लीमा बिहीबार नेपाल र भारतका प्रधामन्त्रीले संयुक्त रूपमा आयोजना गरेको पत्रकारसम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पीयूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो ।

सन्धि नवीकृतपछि समुद्रमा नेपाली पानी जहाज सञ्चालन गर्न सहज हुने भएको छ । जुन विषय नेपालको तर्फबाट अपेक्षित थियो । अब नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

भारतले आन्तरिक रूपमा विकास गरेका जलमार्गसमेत नेपालले प्रयोग गर्न पाउने भएको छ । भारतले बनारस, साहिबगन्ज र कालुघाटमा आन्तरिक जलमार्ग टर्मिनल निर्माण गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा खोलिएको नेपाल पानी जहाज कार्यालय अब सक्रिय हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर