नागरिकता विधेयक प्रमाणीकरण बदर गर्न रिट पेश

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट दिएका हुन् । नागरिकतासम्बन्धी राष्ट्रिय नीति बनाउन र सोही नीतिका आधारमा नागरिकता ऐन र नागरिकता नियमावलीहरु परिमार्जनका लागि आदेश पनि माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर