उपनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्ने : प्रमुख सचेतक परियार ( भिडियो सहित )

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाको तीन क्षेत्रको उपचुनावमा गत आम निवाचनमा झै मतदाताले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

रफत न्युजडटकमको रफत डायलग कार्यक्रमसँग भएको अन्तर्वार्तामा सांसद परियारले भने, “ रास्वपाका तर्फबाट चितवन, तनहुँ र बाराका निर्वाचन क्षेत्रमा खडा भएका उम्मेदवारहरू अन्य दलका भन्दा योग्य छन् । रास्वपाले मुलकुमा विद्यमान बेथिति, भ्रष्टाचारको मुद्दालाई प्रमुखता साथ उठाउने छन् । उपनिर्वाचन नजिकिँदै गर्दा रास्वपामाथि आक्रमण गर्नु स्वाभाविक नै छ, किनभने पुरातन र परम्परावादी पार्टीहरूको अगाडि एजेन्डा नै छैन ।”

उनले आफ्ना पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेविरुद्ध अहिले पनि षड्यन्त्र चलिरहेको र सचेत र बुद्धिमानी जनताले सभापति लामिछानेमाथि सत्य, तथ्य बुझेर ती षड्यन्त्रलाई परास्त गर्ने आशा व्यक्त गरे ।
सांसद परियारले छोटो समयमा नै रास्वपालाई नेपाली जनताले अगाढ स्नेह र माया दिएको र यो मायाको निरन्तरता जारी रहने बताउँदै भने, “डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश र उनको उम्मेदवारी पार्टीको ठोस निर्णय हो । डा. वाग्ले जस्तो असरिहार्य व्यक्तिलाइृ तनहुँका जनताले अवश्य पनि जिताउने छ । ”

उनले रास्वपा लोकतान्त्रिक पद्दति र मुलुकको आर्थिक उन्नतिका लागि प्रतिबद्ध रहेकाले नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर मुलुकमा राजनीतिक स्थिरताको सन्देश प्रवाह गर्न सफल रहेको बताए ।

अन्तर्वार्ताका क्रममा सांसद परियारले भने, “अहिलेको उपनिर्वाचनमा पनि रास्वपाको विगत घोषणापत्रलाई जनताले पुनःसमर्थन गर्ने र रास्वपा जनताको हितविपरीत कहिल्यै लाग्ने छैन ।”

प्रस्ततु छ सांसद परियारसँग लिइएको अन्तर्वार्ता :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर