नेपाल–भारतबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा बिहीबार भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका छन् । यसैबीच भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पहार अर्पण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर