चीनमा मुस्लिम समुदाय र प्रहरीबीच झडप

काठमाडौं : चीनको युनान प्रान्तमा रहेको मस्जिद भत्काउने निर्णयको विरोधमा उत्रिएका मुस्लिम समुदाय र प्रहरीबीच झडप भएको छ।

१३ औं शताब्दीको नाजिङ मस्जिदको गुम्बज भत्काउने निर्णयको विरोधमा उत्रिएको भीडलाई नियन्त्रण गर्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको हो। झडपमा के कति हताहती भयो भन्ने बताइएको छैन। दक्षिणी चीनको युनान प्रान्तमा ठूलो संख्यामा मुस्लिम समुदायको बसोबास छ। चीन आधिकारिक रुपमा धर्म निरपेक्ष राष्ट्र हो जहाँ सरकारले सबै धर्मलाई स्वतन्त्रता दिने दाबी गर्दछ।

जानकारहरुका अनुसार चीनमा संगठित धर्मका विरुद्ध सरकारी कारबाही बढ्दै गएको बिबिसीले जनाएको छ। नागुको नाजिङ मस्जिद पछिल्ला केही वर्षमा विस्तार गरिएको छ। तर सन् २०२० मा अदालतको फैसलामा मस्जिदमा भएका निर्माणहरू गैरकानूनी भएकाले तत्काल हटाउनु पर्ने आदेश आएको थियो। यही निर्णय कार्यान्वयनका क्रममा प्रदर्शन चर्किएको र झडप भएको समाचारमा उल्लेख छ। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर