आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गर्यो

काठमाडौं । । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ ।

रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो । तर, रुसको अध्यक्षमा बुधबार बसेको परिषद्को बैठक केही देशहरुले भने बहिष्कार गरेका छन् ।

राष्ट्रसंघीय सुरक्षा परिषद्मा १५ राष्ट्र रहेका छन् । उनीहरुले पालैपालो बैठकको अध्यक्षता गर्ने परम्परा अनुसार रुसले यस पटक अध्यक्षताको मौका पाएको हो । रुसले युक्रेन युद्ध सम्बन्धमा आफूलाई माथि पार्ने गरी निर्णय गराउन सक्ने आशंका पश्चिमा देशहरुमा छन् ।

उता, युक्रेनले भने रुसलाई सुरक्षा परिषद् बैठकको अध्यक्षता गर्न दिइएकोमा आलोचना गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा रुसलाई अध्यक्षता दिनु गलत भएको युक्रेनको भनाइ छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर