काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा आइपुगेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईले सोमबार बेलुका सुरुङमा हालिएको पानी अहिले उपत्यकामा आइपुगेको जानकारी दिए। उनले अहिले पानी वितरणको प्रक्रियामा रहेको बताए। ‘पानी आइपुगेको छ, पूरा क्षमताअनुसार आइपुगेको छैन, जति आउँदै जान्छ, त्यति मिलाएर ग्राहकहरुको घरमा पठाउँदै जान्छौँ’, उनले भने।

मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात १० दिन बन्द हुने जानकारी दिएको थियो। अहिले मर्मतको काम भएपछि पुनः पानी काठमाडौं आइपुगेको हो।

केयुकेएलका अनुसार मेलम्चीको पानी बन्द भएपछि यही स्रोतबाट उत्पादन भएको पानी ३ दिनदेखि १० दिन बिराएर वितरण गरिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा आएपछि २ देखि ३ दिन बिराएर ग्राहकलाई पानी वितरण गरिनेछ। केयुकेएलका १ लाख ६० हजार ग्राहक छन्। ६० हजार घर दुरीमा भने नयाँ धारा जडान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर