कोशी प्रदेश सरकारबाट जसपा बाहिरिने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सुनसरीमा बुधबार बसेको जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री थिएन् । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए हिक्मत कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिन्छ । मुख्यमन्त्री कार्की अहिले पनि जसपाका केन्द्रीय नेताहरुसँग संवाद मै भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर