कार्की प्रधानन्यायाधीश बन्न नमिल्ने दाबी गरिएको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं– कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न नमिल्ने दाबी गरिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ।

वरिष्ठ अधिवक्ता धुब्रलाल श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेल समेतलाई विपक्षी बनाएर परमादेश समेत आदेश माग गर्दै रिट पेस गरेका थिए।

गत बैशाख २५ गते बसेको संवैधानिक परिषद्‌को बैठकले रिक्त प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा नेपालको संविधान, संविधानवाद र संवैधानिक परिषद ऐनको व्यवस्था प्रतिकुल सिफारिस गरेकोले उक्त अवैधानिक बैठकको निर्णय प्रमाणित गर्ने प्रत्यर्थीको कार्य बदरभागी भएकोले भन्दै श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेलले श्रेष्ठले प्रक्रिया र रितसमेत पूरा नगरी सार्वजनिक सरोकारको विषय भनि लिइ आएको भन्दै रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपिठ) गरेकी हुन्।  रजिष्ट्रार पौडेलले रिट दरपिठ गर्दै निवेदकको के कस्तो संवैधानिक तथा कानूनी हक हनन भएको हो भन्ने स्पस्ट नखुलाएको उल्लेख गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर