रेशम चौधरीको मुद्दाको आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रुपमा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई सरकारले छोडेपछि परेको रिटको पेसी आजका लागि तोकिएको छ । उक्त घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले मंगलबार दायर गरेको रिटको सुनुवाइ आजको लागि तोकिएको हो ।

संविधानसभाबाट संविधान जारीको तयारी भइरहेका बेला ०७२ साल भदौ ७ गते टीकापुरमा भएको आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरीजवान जनक नेगी मारिएका थिए ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले चौधरीसहित १९ राजबन्दीलाई आममाफी दिन सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए । गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर